नेप्से परिसूचक ५.६८ अंकले बढ्यो

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ भदौ । साताको तेस्रो दिन शेयर बजार ५.६८ अंकले बढेको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ५.६८ अंकले बढेर १ हजार ४०७ दशमलव ८९ विन्दुमा कायम भयको छ ।

दिनभर भएका १ सय ८९ कम्पनीको १६ हजार ८ सय कारोबारबाट ४१ लाख १४ हजार ५ सय १२ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १ अर्ब २३ करोड ९० लाख १७ हजार ४ सय २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएको छ । सो मध्ये पाँच वटा समुहको सुचक घटेकाछन भने सात वटाको बढेकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४७ अंकले घटेर ११ सय ८८ दसमलव ४९ बिन्दुमा झरेको छ भने बिकास बैंक समुहको सुचक एक दसमलव ५३ अंकले घटेर १७ सय ४१ दसमलव ७३ बिन्दुमा झरेको छ । यसैगरी होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।