राष्ट्रकवि माधवप्रसाद घिमिरे रहेनन्

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ भदौ ।राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आफ्नै निवासमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको परिवारजनले जनायो ।

लमजुङ जिल्लाको पुस्तुनमा विसं. १९७६ असोज ७ मा जन्मिएका घिमिरे १ सय २ वर्षसम्म बाँचे ।

नेपाली साहित्यको आधुनिककालमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

उनी नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय मानिन्छन् ।