काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ भदौं । काठमाडौं उपत्यकामा पुनः लकडाउन हुने भएको छ । कोरोना भाइरको जोखिम उच्च भएपछि सरकारले पुनः लकडाउन गर्ने निर्णय गरेको हो । तर यसपाली लकडाउन होइन निषेधाज्ञा भनेर घोषणा गरिनेछ ।

लकडाउन गर्ने/नगर्ने निर्णय गर्ने अधिकार सरकारले सम्बन्धि जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै दिएको छ । सरकारले अधिकार प्रत्यायोजन गरेपछि मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीयो)हरुको संयुक्त बैठकले भाेलि बुधबारदेखि एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

मंगलबारको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले दिएको जानकारी अनुसार निषेधाज्ञा भाेली बुधबार राति १२ बजेदेखि लागू भएर आगामी १० गतेसम्म जारी रहनेछ ।

यस अघि सरकारले ११ चैतदेखि १२० दिनसम्म देशभर लकडाउन गरेको थियो । अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।