पहिरोले घर पुरिदा ४ जना गम्भीर घाइते

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित



बैतडी । बैतडीमा पहिरो खसेर घर पुरिदा ४ जना गम्भीर घाइते भएका छन । जिल्लाको सुर्नया गाउपाँलिका वडा नम्बर ५ मडैगाउँमा घर माथिबाट खसेको पहिरोले पुरै घर पुरिदा एकै घरका ४ जना गम्भीर घाइते भएका हुन् ।

गत रातिको अविरल वर्षासँगै खसेको पहिरोले बुधबार विहान घर भत्किएको थियो । पहिरोले घर भत्किदा पहिरोमा परि घाइते भएकाहरुलाई उपचारको लागी डडेल्धुरा अस्पताल पठाइएको मडै रहेका रौलेश्वर प्रहरी चौकीका ईन्चार्ज धनसिंह धामीले जानकारी दिए ।