प्रभु क्यापिटलमा निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ भदौ । प्रभु क्यापिटलले ३ वर्षे निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप गरेको छ ।

साउनभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि कम्पनीले ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरिरहेकोमा सो सुविधा भदौ मसान्तसम्म समय थप गरेको हो ।

नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार क्यापिटलले अनलाइन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ ।

सो योजनामा प्रभु क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपालभरी रहेका २ सय १० वटै शाखाबाट छिटोछरितो सेवा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको जानकारी कम्पनीका प्रबन्ध निर्देशक दिनेश थकालीले जानकारी दिए ।

डिम्याटअप्लाई डट प्रभु क्यापिटल डटकममा गई अनलाइन खाता खोल्ने सुविधा उपलब्ध छ ।