लिवर्टी ईनर्जीको साधारण शेयर आजदेखि विक्री खुल्ला

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ भदौ ।  लिवर्टी ईनर्जी कम्पनीले सर्वसाधारणहरुको लागि बढिमा २,००,००० कित्ता सम्म दरखास्त दिन सकिने गरि ३५,६४,९३० कित्ता साधारण शेयरको निस्काशन तथा विक्री आजदेखि खुल्ला गरेको छ। साधारण शेयरको धितोपत्र निस्काशन तथा विक्री प्रवन्धक एनआईबिएलएस क्यापिटल रहेको जनाइएको छ ।

कम्पनीको हाल अधिकृत पुँजी रु.१,५०,००,००,००० र चुक्ता पुँजी रु.१,१२,५०,००,००० रहेकोमा अधिकृत पुँजीको २५ प्रतिशतका दरले हुन आउने रु.३७,५०,००,००० (सैतिस करोड पचास लाख) बराबरको ३७,५०,००० कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुन कम्पनीका प्रबन्ध निर्देशक डा आत्माराम घिमिरेले सफल आवाजलाई बताए ।

कम्पनीले निर्माण गरिरहेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रो मेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८% सम्पन्न भई आगामी कार्तिक मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।