दोहोरो अंकले घट्यो शेयर बजार

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


काठमाडौं, ३ भदौ । साताको चैथो दिन शेयर बजार १६.६० अंकले घटेको छ । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर १ हजार ३९१ दशमलव २९ विन्दुमा कायम भयको छ । यो १ दशमलव १८ प्रतिशतको गिरावट हो ।

बुधबार १८५ कम्पनीको २४ लाख कित्ता शेयर कारोबार हुँदा ९७ करोड ६२ लाखमाथीको कारोबार भएको छ । 

यसैगरि बुधबार सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १७ हजार कित्ता माथी र ग्लोबल आइएमई बैंकको १ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ । साथै आज सबैभन्दा धेरै ९ करोढ भन्दा माथी कोरोबार नागरिक लगानी कोषको भएको नेप्सेले जनाएको छ ।