लिदी पहिरोमा मृत्यु हुने २८ पुगे, थप ३ को शव फेला

-



     सफल आवाज    
     भाद्र ४ गते २०७७ मा प्रकाशित



सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीको पहिरामा गत शुक्रबार बेपत्ता भएकामध्ये थप ३ जनाको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएको थियो । पहिरोमा ३९ जना बेपत्ता भएकोमा अझै ११ जना भेटिन बाँकी छन् ।

इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार एक बालक र दुई महिलाको शव बिहीबार फेला परेको हो ।

पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो ।

हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा हुन् ।

पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।