
काठमाडौं, भदौ ४ । जडिबुटीमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रु गम्भीर घाइते भएका छन् ।
कोटेश्वरबाट भक्तपुतर्फ जाँदै गरेको ना ६ ख २९१७ नम्बरको १२ चक्के ट्रकको ठक्करबाट सिन्धुपाल्चोक घर भएका ४४ वर्षीय धन बहादुर कार्की घाईते भएका हुन् ।
घाइते कार्कीको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले बताए । ट्रक चालकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।