
काठमाडौं, भदौ ४ । साताको पाचौँ दिन शेयर बजार ६.२८ अंकले बढेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.२८ अंकले बढेर १ हजार ३९७ दशमलव ५७ विन्दुमा कायम भयको छ ।
नेप्सेका अनुसार आज ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँको कारोबार भएको छ । आज म्यूचुअल फण्ड र होटलबाहेकका सबै समुहहरुमा हरियाली छाएको छ ।