नेपालमा थपिए ७०७ कोरोना संक्रमित, ६ जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ भदौ । नेपालमा ७ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १ सय ९२ महिला र ५ सय १५ जना पुरुष संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमा जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा २ सय जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् ।

यसैगरी, होम आइसोलेसनमा ३ हजार ७ सय ७२ जना रहेको प्राडा गौतमले बताए।

नेपालमा कोरोना संक्रमितमध्ये निको हुने दर ६१ प्रतिशत रहेको छ ।

यस्तै, गएको २४ घण्टामा ११ हजार ८ सय ३२ पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना छन् । गएको २४ घण्टामा २ सय ६४ सहित डिस्चार्ज हुने संख्या १७ हजार ९ सय ६४ पुगेको छ।

कोरोनाबाट गएको २४ घण्टामा ६ जनाकाे मृत्यु भएको छ । जसमा काठमाडौंमा १ महिला, मकवानपुरमा १ पुरुष, सप्तरी १ पुरुष तथा पर्सामा १ महिला र २ पुरुषको मृत्यु भएको छ ।

योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।