
काठमाडौं, भदौं ४ । लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको चर्चा पछि अब मर्जरमा जान थालेका छन् । पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुले स्वेच्छिक मर्जरको बाटो रोजेका हुन् ।
पछिल्लो समय मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा गएका छन् । यि संस्थाहरुबीच भदौ ७ गतेदेखि एकिकृत कारोबार हुँदैछ। मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ती गरी मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेको हो ।
यी दुवै कम्पनीले प्राप्ती सम्वन्धि प्रस्ताव असार २० गते छुट्टाछुट्टै विशेष साधारण सभा मार्फत पारित गरेका हुन । काभ्रेपलान्चोक जिल्ला , बनेपा नगरपालिका वडा नं। ८ मा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्तलाई र झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं। ४ मा केन्द्रिय केन्द्रिय कार्यालय रहेको नागबेली लघुवित्तलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।
एकिकृत कारोबार पश्चात पनि मिर्मिरे लघुवित्तको केन्द्रिय कार्यालय साविककै स्थानमा रहने कम्पनीले जानकारी दिएको छ । मिर्मिरेले यस अघि स्वेडा लघुवित्तलाई प्राप्ती गरी असार २१ गतेदेखि एकिकृत कारोबार गरेको थियो ।
चालु आर्थिक वर्ष मर्जरको लहर नै चल्ने नेपाल राष्ट्र बैंकको अनुमान छ । करिब एक सय हारहारीमा रहेका लघुवित्तहरु चालु आर्थिक वर्षमा कम्तिमा पनि एक दर्जन मर्जरमा जाने राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।