चितवन ६ भदाैं । बिहान सबेरै सुख्खा पहिरो खसेपछि अवरुद्ध भएकाे नारायणगढ –मुग्लिन सडकखण्ड खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार आज विहान करिब २ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ४ क्षेत्रकाे सडकमा सुख्खा पहिरो खसेको थियाे।
अवरुद्ध भएको सडकको पहिरो पन्छाएर अहिले बिहान ९ बजेबाट सडक खुलाइएकाे प्रहरीले बताएकाे छ । जिल्लामा निषेधाज्ञा लगाएका कारणले सडकमा सवारीको चाप भने निकै कम छ ।