एनआईसी एशिया बैंकको डिजिटल ग्राहक सहायता केन्द्र

-



     सफल आवाज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित



काठमाण्डौ ६ भदौं । एनआईसी एशिया बैंकले डिजिटल ग्राहक सहायता केन्द्र संचालन गरेको छ । डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न डिजिटल ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको बैकले जनाएको छ ।

कोरोना महामारीको यो बिषम परिस्थितिमा बैंकले ग्राहकलाई बित्तिय सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र र प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको हो ।

ग्राहकहरूलाई विशिष्टीकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१,एचइएएलपी टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबाट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।

बैकले असहज अवस्थाका बीच पनि ग्राहकहरूको सुविधाका लागि सम्बधित स्थानिय निकायको नियमलाई अवलम्बन गर्दै सीमित शाखाहरूमार्फत अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताइएको छ । सेवा दिने शाखाहरूको जानकारी बैंकको वेबसाइट www.nicasiabank.com तथा सामाजिक सञ्जालमार्फत प्रेसित गरिएको बैंकको बिज्ञप्तीमा जनाइएको छ ।