पोखराका विभिन्न ८ वटा वडामा थपिए १३ संक्रमित

-



     सफल आवाज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित



पोखरा, ६ भदौ । पोखरामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराका विभिन्न ८ वटा वडामा शनिबार संक्रमित फेला परेका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दोस्रो विज्ञप्तिमार्फत पोखरामा थप ४ महिला सहित १३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । उनीहरु सबैको नमुना परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको थियो ।

जसमा पोखरा वडा ४ का २२ र २३ वर्षीय पुरुष, वडा ५ का ३४ वर्षीय पुरुष, वडा ६ का वर्ष ३५ र ६१ का पुरुष, वडा ८ का १६ वर्षीय पुरुष र वर्ष १९, २४ र ४४ का महिलामा कोरोना देखिएको हो ।

यस्तै वडा ९ का ३५ वर्षीय पुरुष, वडा १६ का ३० वर्षीय पुरुष, वडा २७ का ३० वर्षीय पुरुष र वडा ३० की २७ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो ।

शनिबार पोखरामा ३ सहित गण्डकी प्रदेशमा थप ११ जना संक्रमित फेला परेका थिए । पोखरा वडा ९ की ६ वर्षीया बालिका, ६१ वर्षीया महिला र वडा ४ का ३५ वर्षीय पुरुषमा कोभिड–१९ पुष्टि भएको थियो ।

संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।

गण्डकीमा कुल संक्रमित संख्या १ हजार ८ सय ६८ पुगेको छ । तीमध्ये ७ को मृत्यु भएको छ । कास्कीमा मात्रै संक्रमित हुनेको संख्या २ सय ८५ पुगेको छ । संक्रिय केश १ सय २३ छन् । गण्डकीमा निको हुने दर हाल करिब ८६ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।