ओम पछि एनएमबि बैंकमा गाभियो कञ्चन डेभलपमेन्ट बैंक, एकिकृत कारोबार भोलि

-



     सफल आवाज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदौ ६ । पोखरा केन्द्रीय कार्लालय रहेर सेवा दिदै आइरहेको ओभ डेभलपमेन्ट बैंकलाई गाभेको एनएमबि बैंकले सुदुरपश्चिम प्रदेशको नम्बर वान विकास बैंक कञ्चन डेभलपमेन्टलाई पनि गाभेको छ । एनएमबिले कञ्चन डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार भोलि आइतबारदेखि गर्ने भएको हो । दुवै बैंकले आइतबारबाट सफ्ट एकीकृत कारोबार शुरु गर्ने भएको बैंकले जनाएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २८ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

अब कञ्चन डेभलपमेन्टलाई एनएमबि बैंकले अक्वायर गरेपछि एनएमबि बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको असार २१ गते भर्चुअल माध्यमबाट सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०।८५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको हो ।

कञ्चनको १०० सय कित्ता सेयर हुनेले अब एनएमबिको नाममा ८५ कित्ता सेयर पाउनेछन् । एनएमबि र कञ्चनले जेठ २५ गते एक्वायर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कञ्चन एक्वायरपछि एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४५ करोड भन्दा बढी हुनेछ । एनएमबिले केही समयअघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो । एकीकृत कारोबारको सार्वजनिक सूचना आजको गोरखापत्र दैनिकमा प्रकाशित समेत गरेको छ ।