काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण, संक्रमित हुनेमा स्वास्थ्यकर्मी पनि

-



     सफल आवाज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित



काभ्रे, ६ भदाै । काभ्रे जिल्लाका दुई अस्पतालमा एकैदिन ३५ जनामा कोरोना संक्रमण भएको छ । शनिबार बनेपा नगरपालिका १३ भैंसेपाटीकाे स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्रमा २३ जना र धुलिखेल अस्पतालमा १२ गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

धुलिखेल अस्पतालमा यसअघी १४ जना स्वास्थ्यकर्मीमा कोराना संक्रमण पुष्टि भइसकेको छ । शनिबार थप संक्रमण पुष्टि हुनेहरुमा केही स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र चमेना गृहका कर्मचारी छन् ।

स्पाइनल एञ्जुरी पुनस्थार्पना केन्द्रका १० जना बिरामी र १३ स्वास्थ्यकर्मी तथा कर्मचारीमा अाज संक्रमण पुष्टि भएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरीका ५९ मध्ये २३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएकाे छ  ।

काभ्रे जिल्लामा हालसम्म याे सहित संक्रमितको संख्या १ सय ३९ पुगेको छ । यो अवधिमा २ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । ४३ जना निको भएर घर फर्किसकेका छन् ।