मास्क लगाउन अब नयाँ मापदण्ड : विश्व स्वास्थ्य संगठन

-



     सफल आवाज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेको छ ।

वयस्कका लागि जुन–जुन नियम लागू गरिएको छ, त्यस्तै १२ वर्षभन्दा माथिका बालबालिकाले पनि अनिवार्य मास्क लगाउनुपर्ने सल्लाह दिएको छ ।

किनकि १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै डब्लुएचओले उनीहरुले पनि अनिवार्य मास्क लगाउनुपर्ने भनेको हो ।


यस्तै, ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले मास्क लगाउन हुँदैन। तर ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गर्न भनिएको छ ।

६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउँदा पनि हुने डब्लुएचओको सल्लाह छ ।
६० भन्दा माथि उमेरका र अन्य रोगबाट ग्रसित व्यक्तिले भने मेडिकल मास्क लगाउनुपर्दछ । एजेन्सी