बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित



जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गएराति अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलअन्तरले पराजित गर्दै बायर्न छैटौं पटक उपाधि जित्न सफल भएको हो ।

बायर्नका लागि किंग्सले कोमनले खेलका ५९ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । जोसुवा किमिचको क्रसमा उनले हेडरमार्फत गोल गरेका हुन् । कोमानले ६ यार्ड बक्सको ठिक बाहिर अनमार्क रहेको अवस्थामा नाभासलाई बिट गरे ।

पहिलो हाफमा पीएसजीले तुलनात्मक रुपमा बढी अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेन ।

खेलमा पहिलो हाफ गोलरहित बराबरी भयो । दोस्रो हाफमा बायर्नले आक्रमणको जालो बढी बुन्यो र जित निकाल्न सफल भयो ।

तर, पहिलो पटक फाइनल पुगेको पीएसजी भने उपाधिबाट वञ्चित बन्यो ।