लायन्स क्लब अफ पोखरा भद्रकालीकाेआकस्मिक रक्तदान

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित



पाेखरा, भदाै ८ । लायन्स क्लब अफ पोखरा भद्रकालीलेआकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेकाे छ। पोखरा १३, भद्रकाली स्कुल चोकमा  आज भाद्र ८ गते बिहान आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएकाे हाे।

कार्यक्रममा २६ पिन्ट ब्लड संकलन भएको क्लबका अध्यक्ष ला. संयुक्त धाख्वाले बताए । बिश्वब्यापी कोराेना कहरसंगै रक्त संचार केन्द्र पाेखरामा रगतको अभाब भएको भन्ने समाचार अाएपछि लायन्स क्लब अफ पोखरा भद्रकालीले याे आकस्मिक रक्तदान गरेकाे अध्यक्ष धाख्वाले बताए।

प्रमुख अतिथी डिष्ट्रिक डिपार्टमेन्ट चिफ ला. बालाकृष्ण शर्माकाे उपस्थितिमा भएकाे आकस्मिक रक्तदानमा क्लबका फर्स्ट लेडी बन्दना धाख्वा , क्लबका पुर्ब अध्यक्ष तथा डिपार्टमेन्ट अफिसरद्दय ला.बुद्दीराज बराल , ला. भरत कोईराला, पुर्ब अध्यक्ष तथा रिजन चियरपर्सन ला. बसन्तराज सिग्देल, द्दितिय उपाध्यक्ष ला. अमृत पौडेल ,निर्देशक ला. कल्याण ढेबाजु ,स्थानिय लोकबहादुर कार्की , राम बराल, नेपाल बजार बिक्री प्रतिनिधि संघका ब्यक्तिहरू लगायतकाे उपस्थिति रहेकाे लायन्स क्लब अफ पोखरा भद्रकालीका सचिब धनेन्द्र गुरुङ्गले बताए। क्लबले भाेली मंगलबार न्युराेड सभागृह नजिक र बुधबार रत्नचाेकमा आकस्मिक रक्तदान गर्ने जनाइएकाे छ ।