
कोरोना भाइरस संक्रमणका कारण नेपालमा सोमबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ महिला र ५ पुरुष छन् । तीमध्ये ३ जना रुपन्देहीकै छन् ।
सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला तथा ५३ र ५४ वर्षी पुरुष छन् । यो सहित नेपालमा मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
गएको २४ घण्टामा थप ७ सय ४३ संक्रमित भेटिएका छन् । राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
राजधानी काठमाडौं उपत्यकामा २ सय २४ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना छन् ।
सक्रिय संक्रमित ५ सय जनाभन्दा बढी रहेका जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा र काठमाडौं छन् । मुस्ताङ र हुम्लामा संक्रमित छैनन् ।