अत्यावश्यक बाहेकका सेवा १५ गतेसम्म नदिने उपत्यकाका स्थानीय तहको निर्णय

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित


काठमाडौं, भदौं ८ । काठमाडौं उपत्यकाका स्थानीय तहहरुले आगामी १५ गतेसम्म अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । उपत्यकाका स्थानीय तहहरुको संगठन उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार राष्ट्रिय सभामा बसेको फोरमको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि ९ गतेसम्म अत्यावश्यकबाहेकका सेवा नदिने निर्णय गरिएको थियो । निषेधाज्ञा जारी रहेको र उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । यस अवधिमा अब कन्ट्रयाक्ट ट्रेसिङको कामलाई तीव्रता दिइने उनले जानकारी दिए ।