पोखरामा थप ४ जनामा कोरोना पुष्टि

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित



पोखरा, ९ भदौ । पोखरामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये २ जना भारतबाट आएका र २ जना कन्ट्याक्ट टे«सिङ आधारमा कोभिड–१९ पुष्टि भएका व्यक्तिहरु हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति जारी गरी भारतबाट आएका पोखरा १३ का वर्ष ३० का जना पुरुष तथा कन्ट्याक्ट टे«सिङ आधारमा पोखरा २८ का ३४ वर्षीय पुरुष र वडा २९ की ३६ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको जनाएको हो ।

योसहित प्रदेशमा कुल संक्रमित संख्या १ हजार ८ सय ९५ पुगेको छ । निको हुने १ हजार ६ सय ३९ छन् । गण्डकीमा मृत्यु संख्या ८ पुगेको छ ।