विवाद समाधान पछि शनिबार बस्ने भयो नेकपा सचिवालय बैठक

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदौं ९। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवाद समाधान भएपछि सचिवालय बैठक बस्ने मिति तय भएको छ । नेकपाले आगामी शनिबार सचिवालय बैठक बोलाएको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली नै प्रधानमन्त्री रहने र पार्टी सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने गरी शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।