महासंघका अध्यक्षको माग– प्राधिकरणमा कुलमान नै चाहिन्छ

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदौं ९ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिन माग गरेका छन् । कुलमानकै कारण नेपालमा उद्योगहरुको अवस्थामा सुधार आएको भन्दै अध्यक्ष कटुवालले आगामी कार्यकाल पनि उनकै नेतृत्वमा प्राधिकरण चल्नु पर्ने बताए ।

घिसिङको कार्यकाल आगामी २९ गते सकिदैछ । उनको पहिलो कार्यकाल सकिएसँगै अब कसलाई प्राधिकरणको नेतृत्व दिने बसह पनि शुरु भएको छ । धेरैले कुलमानलाई नै निरन्तरता दिनु पर्ने बताएका छन् । यद्यपि, प्राधिकरणको नेतृत्वका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवाली लगायतका आकांक्षी रहेका छन् ।

‘हिजो लोडसेडिङले सबै जनता हैरान भएका थिए, उद्योग धन्दा कलकारखाना राम्रोसँग सञ्चालन हुने पाएका थिएनन्’ सफल आवाज डटकमसँगको कुराकानीमा अध्यक्ष कटुवालले भने, ‘यसर्थ पनि थप एक कार्यकाल कुलमानलाई नै दिनु पर्छ, यो उनका सम्मान र उद्योग क्षेत्रको विकासका लागि पनि हो ।’