पोखरा, ९ भदौ । पत्रकार सुमन ढुंगानालाई रिपोर्टिङ क्रममा पोखराको बुद्धचोकमा ट्राफिक प्रहरीबाट भएको दुव्यर्वहारप्रति पत्रकार महासंघ कास्कीले निन्दा गरेको छ ।
महासंघ कास्कीतर्फबाट सचिव रामप्रसाद तिमिल्सिनाले मंगलबार विज्ञप्ति जारी गरी पत्रकारलाई निरुत्साहित गर्नुले स्वतन्त्र प्रेसमाथिकै आक्रमण भएको भन्दै आगामी दिनमा यसप्रकारका घटना नदोहो¥याउन आग्रह गरिएको छ ।
पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले अपराधीलाई झैं केरकार गर्ने, कोरोना महामारीमा समेत अग्रपंक्तिमा खटिएका पत्रकारलाई दुरुत्साहित गर्न खोज्ने कार्यले आगामी दिनमा बन्द गर्न समेत चेतावनी दिइएको छ ।
महासंघ सदस्य एवं एभिन्यूज टेलिभिजन पोखरा व्यूरो प्रमुखर ढुंगाना मंगलबार बिहान साढे १० बजे लेखनाथबाट पोखरा सिर्जनाचोकतर्पm आउने क्रममा प्रहरीद्वारा दुव्यर्वहारको शिकार बनेका हुन् ।