लायन्स डिस्ट्रिक्ट ३२५ वि १ काे गण्डकी क्षेत्रका क्लब पदाधिकारीहरुको पदस्थापन सम्पन्न

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित



लायन्स डिस्ट्रिक्ट ३२५ वि १ अन्तर्गत गण्डकी क्षेत्रका लायन्स क्लबका पदाधिकारीहरुको दोस्रो सयुक्त पदस्थापन कार्यक्रम अनलाइन प्रबिधि जुम मार्फत आज सम्पन्न भएको छ । कोरोना महामारीको बर्तमान असहज परिस्थितिका कारण लायन बर्ष २०२०- २०२१ का गण्डकी क्षेत्रका १९१ वटा क्लबको सयुक्त पदस्थापन अनलाइन प्रबिधिबाट गरिएको हो ।

लायन्स अन्तराष्ट्रियका एलसिआइएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको सयुक्त पदस्थापनमा लायन बर्ष २०२०- २०२१ का डिस्ट्रिक्ट गभर्नर लायन मनबहादुर रोकाले सबै क्लबका अध्यक्ष तथा पदाधिकारीहरुलाई लायन्स अन्तराष्ट्रियको परम्परा अनुसार पदस्थापित गराएका थिए । सो अवसरमा बोल्दै डिस्ट्रिक्ट गभर्नर लायन मनबहादुर रोकाले डिस्ट्रिक्टले यो बर्ष ल्याएका सेवाका कार्ययोजनालाई पुरा गर्न सबैलाई सहकार्य गर्न आग्रह गरे ।

गण्डकी क्षेत्रका सम्पुर्ण क्लष्टर प्रमुखहरु तथा क्लष्टरका मेन्टर डिस्ट्रिक्टका को-चिफ एडभाईजर लायन चण्डीप्रसाद अर्यालको संयोजनमा भएको कार्यक्रममा करिब ७९१ लायन्सले अनलाइन मार्फत सहभागिता जनाएको डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन सुर्यकुमार के सीले सफल आवाजलाई बताए ।

डिस्ट्रिक्ट र मल्टिपलका सिनियर लायन लिडरहरुकाे समेत सहभागिता रहेकाे सयुक्त पदस्थापन कार्यक्रममा एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नर लायन मनबहादुर रोका ,निबर्तमान डिस्ट्रिक्ट गभर्नर लायन इन्दु लम्साल, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन बिशेश्वर आचार्य, दितिय भाइस डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेल,चिफ पिआरओ लायन राम बसेल लगायतले पदस्थापित अध्यक्ष तथा पदाधिकारीहरुलाई शुभकामना दिदै आआफ्नो मन्तब्य राखेका थिए ।

यस अघी धाैलागीरी क्षेत्रका लायन्स क्लबका पदाधिकारीहरुको पहिलाे पदस्थापन कार्यक्रम हिजाे साेमबारअनलाइन प्रबिधि जुम मार्फत सम्पन्न भएकाे थियाे । बाग्मती क्षेत्रका लायन्स क्लबका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम भने भदाै ११ गते बिहिबार हुदैछ ।