गण्डकीमा संक्रमित पुगे १९४५, बुधबार ३२ फेला

-



     सफल आवाज    
     भाद्र १० गते २०७७ मा प्रकाशित



पोखरा, १० भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४५ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीरक्षणमा गण्डकी प्रदेशमा बुधबार थप ३२ जना संक्रमितहरु फेला परेका हुन् । तीमध्ये २० जना पुरुषहरु लमजुङमा कार्यरत् नेपाल आर्मीमा कार्यरत हुन् ।

लमजुङको बेसीसहर वडा ८ का ३२ वर्षीय पुरुष ग्लोबल आईएमई बैंकका कर्मचारी हुन् । वेशीसहरका ८ मा २५ वर्षीय पुरुष र वडा ७ का ५१ वर्षीय पुरुष पनि संक्रमित छन् ।

कास्कीको मादीमा ३९ वर्षीया महिला, नवलपुरको गैडाकोटका ४० वर्षीया महिला पनि संक्रमित छन् । कावासोतीमा ६ जना र गैडाकोटका २ जना संक्रमित भेटिएका छन् । तीमध्ये कावासोतीकी ४१ वर्षीया महिला छन् ।

त्यस्तै, पोखरा ११ का एकजना ४६ वर्षीय पुरुष साई अर्चना अस्पतालमा कार्यरत हुन् । केही विदेशबाट फर्केका छन् भने बाँकी कट्याक्ट टे«सिङ आधारमा पहिचान भएका हुन् ।

उता, मनाङमा मंगलबार पहिचान भएका २ जनामध्ये एक स्वास्थ्य प्रमुख भएको खुलेको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिए ।

स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको छ ।

उता, मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत भरतपुर–१६ का शिक्षकमा पनि कोरोना देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले यसअघि मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको जनाएको थियो ।

मनाङमा यो सहित संक्रमित संख्या ५ पुगेको छ । त्यहाँ भेटिने सबै बाहिरी जिल्लाबाट प्रवेश गरेका हुन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ४३ पुगेको छ । निको हुने दर ८४ दशमलब ४७ रहेको छ ।