नारायणगढ–मुग्लिन सडक अवरुद्ध

-



     सफल आवाज    
     भाद्र ११ गते २०७७ मा प्रकाशित


फाइल फोटो।


सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा बिहिबार बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा अघिल्लो महिना पनि अविरल वर्षापछि पहिरो खस्दा पटक पटक सडक अबरुद्ध हुँदै आएको थियो ।