बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र ११ गते २०७७ मा प्रकाशित



बुटवल, ११ भदौ । बुटवलमा बिहीबार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत् रुपन्देहीको तिलोत्तमा–२, जानकीनगरकी ७० वर्षीया वृद्ध महिलाको मृत्यु भएको हो ।

साउन २६ मा उनमा संक्रमण पुष्टि भएकोमा आफ्नै घरको आइसोलेसनमै बसेर उपचार जारी थियो । पछि स्वास्थ्यमा समस्या आएपछि साउन ३१ मा धागो कारखानास्थित कोरोना अस्पताल भर्ना गरिएको थियो । उनलाई ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । उनका अनुसार ती बिरामीलाई प्लाज्मा दिएर राखिएको थियो ।

यसैबीच, बुटवलमा बिहीबारमात्र कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । कपिलबस्तु १ का ५० वर्षीय ती पुरुषको कोरोना अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो ।

उनमा उच्च रक्तचाप, मधुमेहको समेत समस्या थियो । भदौ ५ मा कोरोना संक्रमण पुष्टि भएपछि भोलिपल्टदेखि भेन्टिलेरमा सारिएको थियो ।