
कलैया, ११ भदौ । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ ।
महागढीमाई नगरपालिका– २ भूूतहीपुलबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहटका ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको हो ।
प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा उनको मृत्युु भएको हो ।