अहिलेसम्मकै उच्च संक्रमण १ हजार १११, संक्रमित ३५ हजार ५२९ पुगे

-



     सफल आवाज    
     भाद्र ११ गते २०७७ मा प्रकाशित


काठमाडौं, भाद्र ११ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ३५ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

विहीबार एकैदिन १ हजार १११ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । याे संक्रमण अहिलेसम्मकै उच्च हाे ।

बितेको २४ घण्टामा ५६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसंगै कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेहरुको २० हजार ७३ पुगेको छ ।

काठमाडौमा मात्रै आज २७०, भक्तपुरमा ४१, ललितपुरमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार ६२९ जनाको पीसीआर परिक्षण गरिएको छ ।

बिहिवार थप ८ जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोनाको कारण अहिलेसम्म १८३ जनाले ज्यान गुमाएका छन् ।

(भिडियाे )