झापामा कोरोनाबाट ८३ वर्षीय वृद्ध मृत्यु

-



     सफल आवाज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


झापामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका वडा ३ केर्खाका ८३ वर्षीय वृद्ध हुन् ।

उनको शुक्रबार बिहान उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जानकारी गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

झापाको कोभिडबाट मृत्यु हुनेको संख्या यो सहित २ पुगेको छ ।

झापाको दमकमै गत साता एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो ।