नेपालमा निजी प्रयोजनका लागि जहाज खरिदको नीति बन्यो, राख्लान त जहाज ?

-



     सफल आवाज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित



काठमाडौ, भदौ १२ । एशिया, यूरोप अमेरिका लगायतका देशका राष्ट्रप्रमुख, उच्च ओहोदाका ब्यक्ति, सरकारी सेवा निबृत अधिकारीहरु, समाजसेवी, उच्च घराना, कलाकार, खेलकुद जगतका चर्चित खेलसंग आवद्ध संस्था, लगायतका व्यक्ति व्यक्तित्वले आफ्नै निजी विमान राखेको पाईन्छ।उनिहरुले आफ्नो आवश्यकता अनुसार निजी विमान प्रयोग गर्ने गर्छन् ।

यहि परिवेश अब नेपालमा पनि हुने भएकाे छ । निजी जहाँज राख्न दिने र त्यसको खरिद प्रक्रियालाई खरिदकर्ताको पहुँचसम्म पुर्याउने व्यवस्था अनुकुलको नीति सरकारले बनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई नीति २०७७ को तयारी मस्यौदामा यस किसिमको नितीगत प्रावधान राखिएको हाे । उक्त मस्यौदालाई सम्वन्धित सरोकारवालाहरुसंगको सरसल्लाह अनुसार पास गर्ने तयारीमा रहेको बताइएकाे छ ।

मस्यौदामा निजी तथा तालिमका लागि प्रयोग गरिने एउटा इन्जिन भएको जहाँज ल्याउन र सञ्चालन गर्न पाइने भएको छ । तर यसका लागि जहाँज उत्पादन गर्ने संस्थाले तोकेको इन्जिन काम गर्ने क्षमता जहाँज उड्ययनसंग सरोकार राख्ने मापदण्डलाई लागु गर्नुपर्नेछ । यस खालको विमानलाई व्यवसायिक उडानको लागि अनुमति नदिईने भएको छ ।

नेपालमा कुनैपनि कम्पनीले जहाँज खरिद गर्नको लागि १२ वर्षभन्दा पुराना जहाज आयात गर्न नपाईने प्रावधान राखिएको छ । सरकारले निजी जहाँज राख्न पाईने नीति त बनायो के अब नेपालमा निजी प्रयोजनका लागि जहाँज खरिद प्रक्रियामा अग्रसर होलान् त ?