अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण

-



     सफल आवाज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदौ १२ । पहिलाे नेपाली अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण भएको छ । आज शुक्रबार उनले ट्वीटर मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोना परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको चौधरीले ट्वीटमा लेखेका छन । तर आफूमा कुनै लक्षण नदेखिएको पनि उल्लेख गरेका छन् ।

डाक्टरको सल्लाहमा आफू आइसोलेसनमा बसेको बताउदै आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।