भाेलि बस्ने भनिएकाे नेकपाको सचिवालय बैठक स्थगित

-



     सफल आवाज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


काठमाडौं, भदौ १२ । भाेलि शनिबारका लागी तय गरिएकाे नेकपाको सचिवालय बैठक स्थगित भएकाे छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ ।बैठक १८ गतेलाई सरिएको छ । नेकपा विवाद समाधानको सुझाव दिन गठित  कार्यदलको प्रतिवेदनबारे भाेलीकाे बैठकमा छलफल हुने समेत याेजना थियाे ।