
पोखरा, १२ भदौ । कास्की जिल्लामा १० दिनसम्म जारी निषेधाज्ञा केहि खुकुलो बनाईएको छ ।
विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले गत भदौ २ देखि निषेधाज्ञा आदेश जारी गरेको थियो । पछि भदौ ८ देखि पुनः ५ दिन थप्दै भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा तोकिएको थियो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयले अर्को सूचना निकाली जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन, २०२० बमोजिम भदौ १२ गते राति १२ बजेदेखि भदौ २० गते राति बजेसम्म विभिन्न स्वास्थ्य र सुरक्षाका मापदण्डमा भने कडाइ गर्दै जारी निषेज्ञाधा हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनाअनुसार अबदेखि जिल्लाभर जोरबिजोर प्रणालीमा ट्याक्सी र निजी सवारीसाधन बिहान ६ देखि ८ बजेसम्म चलाउन सकिने भएको छ ।
साथै, यसअघि सरकारी कार्यालय तथा बैंक तथा वित्तीय संस्था खुल्दै आएकोमा अबदेखि सहकारीहरु पनि भीडभाड नहुने गरी संचालन गर्न सकिने भएको छ । कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाइ सबै प्रकारका निर्माण कार्य तथा उद्योग पनि संचालन गर्न सकिने छ । होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवामात्र साँझ ७ बजेसम्म संचालन गर्न सक्ने छन् ।
साथै अत्यावश्यक कामका लागि घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउनुपर्ने, २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, पटकपटक साबुनपानीले हात धुनुपर्ने, सेनिटाइर लगाउनुपर्ने नियम जारी नै छ ।









पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




