
पोखरा, १२ भदौ । राष्ट्रिय अनलाइन न्यूज पोर्टल सफल आवाज डट कमको उप-सम्पादकमा पत्रकार आरजू विष्ट सल्यानी नियुक्त भएका छन् ।
दुई दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय पत्रकार विष्ट आज शुक्रवारदेखि सफल मिडिया हाउस प्रालिद्वारा संचालित राष्ट्रिय अनलाइन न्यूज पोर्टल www.safalawaj.com मा आवद्ध भएका हुन।
२०५६ सालदेखि काठमाडौंबाट पत्रकारिता शुरु गरेका विष्टसँग २०५८ साल वैशाखदेखि हालसम्म पोखरास्थित रेडियो अन्नपूर्णमा काम गरेको अनुभव छ । कानुन र मानविकी संकायमा स्नातक उनले रेडियो अन्नपूर्णमा लामो समय समाचार संयोजकका रुपमा काम गरिसकेका छन् । २ वर्षदेखि अनलाइन अन्नपूर्ण न्यूज पोर्टलको सम्पादक जिम्मेवारी सम्हालेका विष्टलाई यस सफल आवाजमा उप-सम्पादक जिम्मेवारी दिइएको हाे ।
कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मेका विष्टकाे पत्रकारिता अलावा साहित्य, संगीत क्षेत्रमा रूचि छ । उनको अनुभव र आवद्धताले सफल आवाज डट कम थप उचाईमा पुग्नेमा विश्वस्त रहेको सफल आवाजका प्रकाशक एवं प्रबन्ध सम्पादक दुर्गाप्रसाद हुमागाईले बताए ।