नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई,

- आयोजक टिम मध्ये एकलाई कोरोना संक्रमण भएपछि सबै आइसाेलेसनमा

-



     सफल आवाज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


काठमाडौं, भदौ १२। मोरङकी सज्जा चौलागाई नेपाल आइडल सिजन–३ को विजेता घोषित भएकी छन् ।

भोट र निर्णायकको मूल्यांकन आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शुक्रबार राती टेलिभिजनबाट आइडलको विजेता घोषणा गरेका हुन्। प्रतियोगितामा प्रवीण बेडवाल र किरणकुमार भुजेल क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप घोषित भए ।

विजेता सज्जा चौलागाईंले ५० लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख नगद प्राप्त गरेका छन् ।

ग्राण्ड फिनाले चलिरहेकाेे अवस्थामा आयाेजक टिम मध्येका एक सदस्यलाई काेेराेना संक्रमण भएकाे सूचना गर्दै सबैलाई आइसोलेसनमा पठाइएको सूचना जारी भएको थियो । बिजेताको घोषणा ए पि वान टि भि का अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका थिए ।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडलको फाइनलमा उनीहरु ३ जना पुगेका थिए ।

निर्णायकमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा थिए । नेपाल आइडलमा यसअघि पुरुष प्रतियोगीले उपाधिमा वर्चश्व जमाउँदै आएका थिए ।