
पोखरा, १३ भदौं । गण्डकी प्रदेशमा कोरोना भाईरसबाट संक्रमण हुनेको संख्या २ हजार ७७ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
शनिवार बिहान १०.२० मा अध्यावधिक गरिएको विवरण अनुसार नयाँ २१ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमितको संख्या २ हजार ७७ पुगेको गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता रहनु भएका डा.शर्माले जानकारी दिएका हुन ।
क्षयरोग उपचार केन्द्र, पोखरा तथा चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षण अनुसार नवलपुर पूर्वका २१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा नवलपुर पूर्व विनयत्रिबेणी वडा नं ६ का वर्ष ५७, २१, ५२, ३४, ४६, ३१ का ६ जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै, वडा नं ६ कै वर्ष २७, ४४, ६४, ३७, ५३ का पाँचजना महिलामा संक्रमण पोजेटिभ देखिएको छ ।
यस्तै, विनयत्रिबेणी वडा नं ७ का वर्ष २५, २१ का दुई महिला, एक ७ वर्षिय वालकसहित वर्ष ५४, ४३, ४८, २१, ४४ का ६ जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।
यस्तै, विनयत्रिबेणी वडा नं ६ कै वर्ष ५५ का एक पुरुष, गैंडाकोट वडा नं ८ का वर्ष २५ की महिलामा गरि शनिवार नवलपुर पूर्वका २१ जनामा संक्रमण पोजेटिभ देखिएको डा.शर्माले बताएका छन् । उनका अनुसार संक्रमित सबै कन्ट्याक ट्रेसिङको आधारमा पहिचान गरिएका हुन ।
यसैबीच, गण्डकी प्रदेशमा हालसम्म ४४ हजार ६४८ वटा नमूना संकलन गरिएकोमा ४२ हजार ६०६ जनामा संक्रमण देखिएको छैन । कुल संक्रमितको संख्या २ हजार ७८ रहेको छ भने १ हजार ६७२ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा हालसम्म ११ जनाले कोरोनाको कारण ज्यान गुमाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
