गण्डकीमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार नाघ्यो

-



     सफल आवाज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित



पोखरा, १३ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमण हुनेको संख्या २ हजार ९४ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप नयाँ ७ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमितको संख्या २ हजार ९४ पुगेको हो ।

स्वास्थ्य निर्देशक, गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार बेसिशहर, लमजुङमा कार्यरत ५ जना पुरुष र १ महिलामा संक्रमण पोजेटिभ देखिएको छ । उनिहरु वर्ष २८, २०, २०, ३३ र ३० का पुरुष र वर्ष ४० की महिला रहेकी छन् ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नं १० की वर्ष ३१ की महिलामा संक्रमण पोजेटिभ देखिएको डा.शर्माले बताएका छन् । संक्रमित सबै व्यक्ति कन्ट्याक ट्रेसिङको आधारमा पहिचान गरिएको होे ।

लमजुङ जिल्लाका संक्रमितहरु सबैजना नेपाल प्रहरीमा कार्यरत हुन भने पोखरा महानगरपालिका वडा नं १० की संक्रमित महिला मेघा बैंक, पोखरा बगर शाखामा कार्यरत हुन् ।

यसअघि आजै बिहान १०.२० मा अध्यावधिक गरिएको विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा नवलपरासी पूर्वका २१ जनामा संक्रमण पोजेटिभ देखिएको थियो । उनिहरु बिनयत्रिबेणी वडा नं ६ का ११ जना, वडा नं ७ का ८ जना, वडा नं ६ का १ र वडा नं ८ का १ सहित २१ जनामा संक्रमण पोजेटिभ देखिएको थियो ।

हालसम्म गण्डकीमा ४४ हजार ७०० वटा नमूना संकलन गरिएको छ । ४२ हजार ६०६ जनाको परिक्षण नतिजा नेगेटिभ देखिएको छ भने १ हजार ६७२ जना निको भएर घर फर्किएका छन् । ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।