जसको कोहि छैन, त्यसको सरकार छ : प्रधानमन्त्री

- ‘जसले पनि जे पायो त्यहिँ बोल्ने परिपाटी रोक्नु पर्छ’

-



     सफल आवाज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित


तस्वीरः ऋषि धमलाको फेसवुकबाट



काठमाडौं, भदौं १३ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न व्यत्तिले आफ्नो कोभिड–१९ को उपचार खर्च आफै गर्नु पर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिले सरकारले गरिवधनी सबैको कोभिड–१९ को उपचार निःशुल्क गरेको तर सधै यस्तो गर्न नहुने बताएका हुन् ।

केहिबेर अघिमात्रै (८ बजेदेखि) प्रशारित अन्तरवार्तामा बोल्दै प्रधानमन्त्री ओलीले धेरै धनी देशहरुमा सरकारले उपचारमा एक रुपैयाँ खर्च नगरी जनता आफैले गर्ने गरेको तर नेपाल सरकारले सबै जनताको निःशुल्क गरिएको बताए । अब भने यो नीति परिमार्जन गर्नु पर्ने उनले बताए ।

सम्पन्न व्यक्तिहरुले आफ्नो उपचार आफै गर्नु पर्ने र विपन्नको सरकारले उपचार गराउनु पर्ने भन्दै उनले यस विषयमा अहिले आफूले सोचिरहेको बताए । ‘जसको कोहि छैन, त्यसको सरकार छ तर सक्नेको पनि खर्च सरकारले नै बेहोर्नु पर्छ भन्ने लाग्दैन’ उनले भने ।


प्रधानमन्त्री ओलीले पार्टीमा अब विवाद पनि नरहेको दावी गरे । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सबै विवादका विषयहरु समाधान भइसकेको बताए ।

उनले अब दाहालले पार्टी सञ्चालनमा केन्द्रीत हुने र आफू पूरा कार्यकाल नै सरकार चलाउने बताए । यसमा अब कुनै पनि विवाद नरहेको उनले बताए । अर्का अध्यक्ष प्रचण्डसँग मंसिर ४ गते नै भएको सहमति अनुसार अघि बढिएको उनले बताए । अब प्रचण्ड कार्यकारी अध्यक्षको भूमिकामा रहि प्रमुख ध्यान त्यता रहने बताए । यद्यपि दुबै जना अध्यक्ष मिलेर पार्टी चलाउने उनले बताए ।अब छलफल र सहमतिकै आधारमा पार्टी चल्ने उनले बताए ।

पार्टीको निर्णय नसुनेर एकल निर्णयले चल्ने गरेको भन्ने आरोप पनि गलत भएको बताए । उनले सरकार विधि र पद्धति अनुसार नै चलेको बताए । पार्टीको निर्देशन नमानेको भन्नेहरुलाई विधिवत निर्णय उलंघन भएको देखाउन प्रधानमन्त्री ओलीले चुनौती समेत दिए ।

‘पार्टीसँग परामर्श हुन्छ, तर जुन नेताले भनेको छ उसले भनेको मान्दा राम्रो भयो, नमान्दा नराम्रो भयो भन्न मिल्दैन’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीको विधिवत निर्णय कतै उलंघन कसैले देखाओस्, पार्टीको निर्णय कतै उलंघन भएको छैन ।’

उनले भागवण्डाका आधारमा काम पनि नगरिएको बताए । तत्कालिन एमाले र माओवादी केन्द्रको एकताको विषयमा पटकपटक कुरा उठेको भन्दै उनले एकता केहि समयका लागि नभई देशमा अग्रगामी परिवर्तका लागि भएको उनले बताए । पार्टी एकता टुट्ने सम्भावना पनि नरहेको प्रधानमन्त्रीले दावी गरे ।

उनले आफू पनि पार्टी विधि संवत तरिकाले चल्नु पर्छ भन्ने पक्षमा नै रहेको बताए । पार्टीले गरेको निर्देशन अनुसार नै सरकारले चलेको उनले बताए । तर प्रधानमन्त्री कार्यकारी भूमिकामा हुने भन्दै उनले पार्टीले नीतिगत हिसाबले मात्रै सरकार चलाउने बताए । पार्टीले जे भन्यो त्यहिँ भने नहुने बताए ।

पार्टीले नै चलाउने भए किन मन्त्रिपरिषद् चाहिँयो भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे । प्रधानमन्त्रीले सबैको परामर्श लिने र निर्णय गर्ने भन्दै आफूले पनि त्यो अभ्यास गरेको उनले बताए । सरकार र पार्टी एउटै भने नभएको उनले बताए । उनले यो विषय थाहाँ पाएर नै सबै अगाडि बढ्नु पर्ने बताए । जसले पनि जे पायो त्यहिँ बोल्ने परिपाटी पछिल्लो समय बढेको भन्दै उनले यो रोक्नु पर्ने बताए ।

पूर्व माओवादी वा पूर्व एमाले भन्ने ढंगबाट अघि बढ्नु नहुने उनले बताए । अब सबै पक्ष एकजुट भएर पार्टीलाई मजवुद बनाउनु पर्ने प्रधानमन्त्री ओलीले बताए । बामदेव गौतमको प्रस्ताव गरेको प्रस्ताव पार्टीका लागि राम्रै भए पनि त्यो सञ्जिवनी बुटी भने नभएको उनले बताए । बामदेवको प्रस्तावले पार्टीलाई राम्रै भएको उनले बताए ।

मन्त्रिपरिषद्को पुनर्गठन आवश्यकताले हुने र प्रधानमन्त्रीले विचार गर्नुपर्ने कुरा भएको भन्दै आफरुले हेरिरहेको बताए । आंशिक फेर्ने कि पुरै गर्ने भनेर आफूले विचार गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले मूख्यमन्त्रीहरु तत्काल परिवर्तन नहुने स्पष्ट संकेत गरे ।

‘डेढ वर्ष पछि स्थानीय तहको निर्वाचन हुन्छ, त्यस चुनावमा जितेर आए पछि दोहोरिन पनि सक्छन् नदोहोरिन पनि सक्छन्’ उनले भने, ‘यो मिडियाले सोधिरहने कुरा नै होइन ।’ कसैलाई कुनै पद चाहिन्छ भनेर अस्थिरताको पक्षमा लाग्न नहुने उनले बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउने कि नहटाउने भन्ने विषयमा भने उनले मुख खोल्न चाहेनन् । उनले राम्रो काम गरेको भन्दै अब केहि दिन पर्खिदिन आग्रह गरे । कार्यशैली मन नपर्नु कुनै व्यक्तिको विशेषता भएको भन्दै उनले कसैको कमेन्टका पछाडि चल्न नहुने बताए । आफ कमेन्टको पछाडि नभई सत्यताका साथ अघि बढ्ने बताए ।

युवराज खतिवडा भन्दा राम्रो अर्थमन्त्रीले राम्रो काम गर्न सक्छ भन्ने लाग्यो भने अर्कोलाई जिम्बेवारी दिइने बताए । खतिवडाबाटै राम्रो काम हुन्छ भन्ने लागेमा उनले नै निरन्तरता पाउने बताए । तर कहिलेकाही राजनीतिमा अन्य कारणले पनि मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने बताए । यद्यपि, यसको निश्कर्ष निकाल्न अहिले नमिल्ने बताए ।

बामदेवलाई जिम्मेवारी दिने विषयमा अहिले कुनै निर्णय नभएको पनि उनले बताए । एक पटक प्रतिनिधिसभामा उठाउने निर्णय भए पनि त्यसबेला नमिलेको र राष्ट्रिय सभामा पनि बामदेव जान नमानेको कारण अहिले कुनै निर्णय नभएको उनले बताए ।

कोरोना नियन्त्रण सम्बन्धी सरकारी उच्च स्तरीय समितिको नेतृत्वबाट उपप्रधानमन्त्री इश्वर पोखरेललाई नहटाइने पनि उनले बताए । काम गरिरहेको मान्छेलाई यस्तो बेलामा हटाउनु गलत हुने उनले बताए ।

मिडियाहरुले नियोजित रुपमा सरकारको आलोचना गरेको प्रधानमन्त्रीको तर्क छ । सरकारप्रति नभई देशप्रति जिम्बेवार भए पुग्ने उनले बताए । सरकारको अनावश्यक आलोचना भइरहेको प्रधानमन्त्रीको भनाई छ ।

सरकारले गरेका राम्रा काम नदेखेको तर अनावश्यक रुपमा सरकारले के गर्यो ? यो गरेन भन्दै आलोचना हुने गरेको बताए । छाङरु जाने बाटोमा नेपाली सेनाले ज्यान जोखमिमा पारेर काम गरिरहेको भए पनि मिडियाले धन्यबाद पनि दिन नसकेको बताए । बाटो बनिरहेको छ तर थाल्ने वित्तिकै नसकिएको भन्दै आलोचना भएको प्रधानमन्त्रीको तर्क छ ।

अहिले धेरै राम्रो काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले यति नगरेको भए भयावह स्थिति हुने बताए ।

जो प्रधानमन्त्री भए पनि हालत यहिँ हो !

कोभिडको पूर्व तयारी नभएको उनले स्वीकार गरे । तर आफू प्रधानमन्त्री नभएर अर्को जो कोहि प्रधानमन्त्री भएको भए पनि पूर्व तयारी नहुने बताए । यस्ता आलोचनाको दम नभएको उनले बताए । कोरोना संक्रमण कतिमा फैलन्छ, कतिलाई सर्छ भन्ने एकिन नभएका कारण कति संख्यामा बनाउने भन्ने विषयमा पूर्व तयारी नभएको उनले बताए ।

उनले आवश्यकता अनुसार सरकारले तयारी गर्दै अघि बढेको उनले बताए । सकेसम्म सरकारले संक्रमण कसैलाई लाग्न नदिई रोक्ने सोचेको बताए । केहि समय त रोक्न सरकार सफल भएको बताए । जनतामा सचेतनाको कमीका कारण पनि समुदाय स्तरमा पुगेको प्रधानमन्त्रीको दावी छ ।
अमेरिका, वेलायत, इटली जस्ता देशमा पनि कोरोनाले ठूलो क्षति बेहोरोको भन्दै नेपालमा सरकारले केहि गर्न सकेन भन्दै त्यत्तिकै आरोप लगाउनु गलत हुने बताए ।

उच्च स्तरीय समिति सर्वदलीय बनाउनु पर्ने माग पनि उठेको भन्दै उनले त्यो ठिक नहुने बताए । कतिपय देशहरुले उपचारमा एक रुपैयाँ खर्च नगरी जनता आफैले गर्ने गरेको तर नेपाल सरकारले सबै जनताको निःशुल्क गरिएको बताए । अब भने यो नीति परिमार्जन गर्नु पर्ने उनले बताए । सम्पन्न व्यक्तिहरुले आफ्नो उपचार आफै गर्नु पर्ने र विपन्नको सरकारले उपचार गराउनु पर्ने भन्दै उनले यस विषयमा अहिले आफूले सोचिरहेको बताए । ‘जसको कोहि छैन, त्यसको सरकार छ तर सक्नेको पनि खर्च सरकारले नै बेहोर्नु पर्छ भन्ने लाग्दैन’ उनले भने ।

भारतसँगको सम्बन्ध
भारतसँगको सम्बन्धमा ठूलो समस्या नरहेको प्रधानमन्त्री ओलीले बताए । प्रस्तोता धमलाले केहि समय अघि भारतीय प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादपछि सम्बन्धमा आईस ब्रेक भएको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, ‘आइस नै जमेको थिएन केको ब्रेक ।’

कालि नदी पूर्वको जमीन नेपालको भएको भन्दै यसमा भारतले दावी गर्न नहुने बताए । पहिले चर्चा हुँदै आए पनि भारतले आठौं संस्करण भन्दै आफ्नो नक्सामा नेपाली भूमी समेटेपछि कुटनितिक नोट पठाएको बताए । तर त्यसको जवाफ नआई बाटो उद्घाटन भएको बताए । त्यसपछि पनि पत्र पठाएको तर भारतले जवाफ नपठाएको बताए ।

वार्ताबाटै समस्या समाधान गरौं भनेर नक्सा छाप्न हतार नगरिएको तर भारतले जवाफ नै नपठाए पछि नक्सा सार्वजनिक गर्न बाध्य भइएको प्रधानमन्त्रीले बताए । विशाल भूमी भएको भारतले सानो हिमाली भेग फिर्ता गर्नु पर्ने बताए ।