भीआईपीको कोरोना परीक्षण– उपप्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्म सबैको नेगेटिभ

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


काठमाडौं, भदौं १४ । सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना पोजिटिभ देखिएपछि भीआईपीहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को परीक्षण गरिएको । पीसीआर परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सिसीएमसी को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उहाँहरुको पिसीआर परीक्षण गरिएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका महानुभाव सिसीएमसीको उक्त बैठकमा सहभागी थिए ।