काठमाडौं, भदौ १४ । आज बिहान काठमाडौंकाे भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका सेनाका एक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।
बिहान ३ बजे उनले आफैंले बोकेको राईफलले गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा निर्देशनालयले ड्युटीमा बसेका जवानले गोली हानी आत्महत्या गरेको पुष्टि गरेको छ ।मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।
प्रहरीका अनुसार आत्महत्या गर्ने सेनाका जवान तनहुँको रानीपोखरी गाविस ६ का दामोदर क्षेत्री रहेका छन् ।