चितवनमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित



चितवन, १४ भदौ । चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुरका ५२ वर्षका पुरुषको उपचारको क्रममा आज दिउँसो साढे १ बजे मृत्यु भएको हो । ७ गते कोरोना संक्रमण पुष्टि भएका उनी निमोनियाका बिरामी समेत थिए ।