नेप्से परिसूचक ४.६४ अंकले बढयो

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ भदौ । साताको पहिलो दिन नेप्से ४.६४ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४.६४ अंकले बढेर १ हजार ४६२ दशमलव ६७ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज डेढ अर्ब बढीको कारोबार भएको छ । १८५ कम्पनीको १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर खरिदबिक्री भएका हुन् । कुल १२ समूहको कारोबार भएकामा ३ समूहका सूचक राता भएका छन् भने बाँकी हरियो देखिएको छ ।