आन्तरिक उडान र लामोदूरीका यातायात भदाैभर बन्द रहने

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


सार्वजनिक यातायातको सांकेतिक तस्वीर ।


काठमाडौं, १४ भदौ । आन्तरिक हवाई उडान भदौ मसान्तसम्म स्थगित नै हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो महिनाभर आन्तरिक हवाई उडान नखोल्ने निर्णय गरेको हो ।

यसैगरी लामोदूरीको सार्वजनिक यातायात पनि यो महिनाभर नै नखुल्ने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

यस्तै स्कुल कलेज लगायतका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको बताइएकाे छ ।