समाज लघुवित्तको आईपीओ आज बाँडिदै, ८ हजारले १० कित्ता पाउने

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित



काठमाडौं ,१५ भदौ । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज सोमबार बाडिने भएको छ । संस्थाले निश्काशन गरेको ८६ हजार कित्ता आईपीओ सोमबार बाँडफाँट हुने भएको हो ।

सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउसो बाँडफाँट गरिने तय भएको छ । रिलायन्स लाइफ इन्स्यारेन्ससँगै समाजले पनि आईपीओ निश्काशन गरेको थियो । रिलायन्सको गत शुक्रबार नै बाँडफाँट भइसकेको छ ।

समाजको आईओका लागि ५ लाख ४७ हजार तीन सय ७० जनाले आवेदन दिएका थिए । यि आवेदक मध्ये ८ हजार ७० जनाले १० कित्ताको दरले साधारण सेयर पाउने भएका छन् । बाँकी करिब ५ लाख ३९ हजारको भने हात रित्तै हुनेछ ।

संस्थाले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो । बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।