कोरोनाले नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ भदौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

महोत्तरी जिल्लाको मनरा सिश्वाका ४० वर्षीय हेल्थ असिस्टेन्टको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० मा काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरी जनकपुरमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको प्रदेश २ सरकारका कोभिड फोकलपर्सन विजयकुमार झाले जनाए ।

ती व्यक्तिले स्थानीय निजी स्वास्थ्य संस्थामा काम गर्दै आएका थिए ।

स्वास्थ्यकर्मीको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक जानकारी दिएको छैन ।