विपन्न परिवारका लागि फुड बैंक सञ्चालनमा

-



     सफल आवाज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित


विराटनगर, १६ भदौ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारका लागि यहाँ फुड बैंक सञ्चालनमा ल्याइएको छ ।

निशेधाज्ञाका कारण रोजगारी गुमाएका परिवारलाई लक्षित गरी आजदेखि ‘फुड बैंक’ सञ्चालनमा ल्याइएको हो । फुड बैंकमा एक जना व्यक्तिलाई अढाइ केजी चामल, आधा लिटर तेल, २५० ग्राम दाल, सोयाबिन र नुन रााखिएको छ ।

फुड बैंकका लागि निर्माण व्यवसायी, विद्यार्थी, राजनीतिक दलका नेता, सामाजिक क्षेत्रका अगुवा एंव स्वयंसेवक युवाले योगदान पु¥याएका छन् ।